पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता | Khabarhub Khabarhub

पाँच विकेट गुम्दा दबाबमा पोखरा : कुशल खाता नखोली गए, एन्ड्रिज ३६ रनमा फिर्ता


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले सुरुवातमै पाँच विकेट गुमाएको छ ।

१५४ रनको पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ३ ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि उसले थप २ विकेट गुमाउन पुगेको छ।

ओपनर दिनेश खरेल र कप्तान कुशल भुर्तेल दुवैलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।

३ ओभरको पहिलो बलमा दिनेश आउट भएका हुन् । उनले जम्मा १२ बल खेल्दा ३ चौकाको सहयोगमा १५ रन जोडे ।

त्यसपछि क्रिजमा आएका कुशल पनि धेरै समय टिकेनन् । ३ ओरभको पाँचौ बलमा तेस्रो बलको सामना गर्ने क्रममा उनी खाता नखोली आउट भए ।

दिनेश र कुशल आउट भएपछि ५.५ ओभरमा ४ बलमा १ रन बनाएको अवस्थामा दीलिप नाथ पनि आउट हुन पुगे छ ।

त्यसपछि पोखराका भरोसा एन्ड्रिज गौस पनि ७.४ ओभरमा आउट भए । उनी २१ बलमा ३६ रन बनाएको अवस्थामा क्याच आउट हुन पुगे ।

त्यसैगरी जेन मल्लिक पनि केबल १० रनमै आउट भए ।

खेल १० ओभरमा आइपुग्दा पोखरा ५ विकेटको क्षतिमा ६७ रनको अवस्थामा छ । उसका लागि अहिले जेन मल्लिक र रायमन रिफायरले क्रिज सम्हालिरहेका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ३ : ३२ बजे

यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू)

काठमाडौं- देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी

१८ अर्बको कारोबार सहित सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौँ– साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ ।

माओवादी महासचिवको तर्क- विद्यालाई प्रतिबन्ध लगाउने एमालेको निर्णय संविधानविपरीत

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले आउन नदिने निर्णयलाई लिएर प्रमुख

बीपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने हो : प्रवक्ता महत

पाटन–  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीपी कोइरालाको आर्थिक