हङकङकी प्रमुख भन्छिन् – ‘विकल्प भए राजीनामा दिएर माफी माग्ने थिएँ’ « Khabarhub

हङकङकी प्रमुख भन्छिन् – ‘विकल्प भए राजीनामा दिएर माफी माग्ने थिएँ’


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आफूले शहरमा राजनीतिक संकट सल्काएर ‘अक्षम्य बिनाश’ निम्त्याएको र विकल्प भएको खण्डमा आफूले राजीनामा दिने स्वीकार गरेको खुलासा भएको छ ।

व्यापारिक प्रतिनिधिहरुसँग कुराकानी गरेको गोप्य अडियो रेकर्डलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार प्रमुख कार्यकारी लामले अङ्ग्रेजीमा सम्बोधन गर्दै ‘आफूसँग कुनै विकल्प बाँकी रहेको भए सर्वप्रथम आफूले राजीनामा दिने र माफी माग्ने’ उल्लेख गरेकी छिन् ।

गतसाता रेकर्ड गरिएको भनिएको उक्त अडियोमा उनले पछिल्लो समय शहरमा जारी राजनीतिक संकटले चीनका लागि राष्ट्रिय सुरक्षा र सार्वभौमिकतामा प्रश्न उठाएका कारण आफूसँग सीमित मात्र विकल्प रहेको जनाएकी छिन् ।

हङकङमा गत जुन महिनायता विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन पछिल्लो समय अधिक लोकतन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रताका विषयमा केन्द्रीत रहँदै आएको छ । प्रदर्शनकारीले लामो समयदेखि लामको राजीनामाको माग समेत गर्दै आएका छन् ।

लामले यसअघि पनि राजीनामा दिने मनस्थिती बनाएको तर मुख्यभूमि चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुको दबाबका कारण उनले राजीनामा दिन भने नसकेको समाचार सार्वजनिक हुँदै आएका छन् ।

हङकङमा जारी प्रदर्शनलाई बेलायतबाट चीनलाई हस्तान्तरण गरियताकै सबैभन्दा व्यापक प्रदर्शनका रुपमा हेरिएको छ । हङकङमा जारी प्रदर्शन सन् २०१२ मा चिनियाँ राष्ट्रपति बनेयता सी जिनपिङका लागि सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा लिइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले