‘रविसँग नराम्रो व्यवहार गरिएको छैन, प्रतिशोध पनि साँधिएको छैन’ « Khabarhub

‘रविसँग नराम्रो व्यवहार गरिएको छैन, प्रतिशोध पनि साँधिएको छैन’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

चितवन- गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले पूर्वउपप्रधामनमन्त्रीसमेत रहेका लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको दाबी गरे ।

उनले सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेर ३ गतेदेखि लामिछानेमाथि भइरहेको बताउँदै त्यसक्रममा कुनै अमानवीय व्यवहार नभएको जिकिर गरेका हुन् ।

उनले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताए ।

कानुनअनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्ने काम मात्रै भएको लेखकले उल्लेख गरेका छन् ।

लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धि तर्फ अघि बढाउन ठूला दलहरू एकभएर सरकार बनाउनुपरेको बताए ।

सरकारको स्थायित्व कमजोर भएकाले देश झन्-झन् समस्यामा परेपछि स्थिरतातर्फ लैजाने एमाले–कांग्रेसको ध्येय रहेको  पनि उनले बताएका छन् ।

गृहमन्त्री लेखकले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउन संविधान संशोधनको तयारी भइरहेको बताउँदै त्यसका लागि सबै दलसँग छलफल गरिने स्पष्ट पारेका छन् ।

उनले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै २०८४ सालसम्म दुईदलीय सहमतिअनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ५ : ०३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक