एमालेको योजना- माघदेखि चैतसम्म वडाकेन्द्रित अभियान, टोलसम्मै पार्टी संगठन « Khabarhub

एमालेको योजना- माघदेखि चैतसम्म वडाकेन्द्रित अभियान, टोलसम्मै पार्टी संगठन

नेताहरूको कु–प्रचार भएको निष्कर्षसहित प्रतिवाद थाल्ने


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आगामी माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने भएको छ ।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीबाट यस्तो निर्णय भएको हो ।

संगठन विभागका सचिव माधव प्रसाद ढुंगेलका अनुसार राष्ट्रिय कार्यशाला गोष्ठीले राष्ट्रिय शक्ति निर्माणका लागि यस्तो निर्णय गरेको हो ।

‘यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघ देखि चैत्र सम्म ३ महिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने संकल्प गर्दछ’, ढुंगेलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म अर्थात् टोल-टोलसम्मै पार्टी कमिटी निर्माण गर्ने निर्णय पनि लिएको छ । ढुंगेलले बताएअनुसार सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि कार्यशालाले लिएको छ ।

कार्यशालाले २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फागुन र चैत्रभित्रै सम्पन्न गर्ने योजना बनाएको पनि जानकारी उनले दिएका छन् ।

कार्यशालाबाट २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने योजना बनाएको पनि उनले बताए । एमालेले यसअघि एमालेको सदस्यताको विवरण हेर्ने गरी मोबाइल एप्लिकेशन र अनलाइन पनि बनाइसकेको छ ।

यो कार्यशालाले आगामी २०८१ चैतसम्म ‘राष्ट्रिय युवा महोत्सव’ आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गरेको छ

यो कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कु–प्रचार भइरहेको पनि जिकिर गरेको छ । अब उक्त कुराको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प कार्यशालाबाट भएको ढुंगेलले बताए।

कार्यशालामा प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित ३०० जनाको सहभागिता थियो । कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर