नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि | Khabarhub Khabarhub

नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उहाँले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताए ।

नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा लाग्न खबरदारी जरुरी रहेको बताए ।

“सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठूलो जिम्मेवारी छ । यसको अभ्यासमा भएका कमजोरीको विषयमा कलम चलाइ सच्याउनका लागि यहाँहरूले भूमिका खेल्नुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ०४ बजे

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ