पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ? « Khabarhub

पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा १३ जना महिलासहित ५२ जना निर्वाचित भएका छन् । यीमध्ये केही निर्विरोध भएका छन् । आइतबार राति प्रकाशित अन्तिम नतिजा अनुसार निर्मला शर्मा महासंघकी प्रथम महिला अध्यक्ष बनेकी छिन् ।

पत्रकार महासंघको चुनावमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनले आपसी गठबन्धन गरेका थिए । यसअनुरुप एमाले निकट शर्मा अध्यक्षमा निर्वाचित भइन् भने कांग्रेस निकट रामप्रसाद दाहाल महासंघमा निर्वाचित भए ।

महासंघका निवर्तमान उपाध्यक्ष रमेश विष्ट बागी उम्मेदवारका रुपमा माओवादी निकट प्रेस संगठनको साथ लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

विष्टको प्यानल पराजित भए पनि कोषाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी निकट रामकृष्ण अधिकारीले जितेका छन् । त्यस्तै धेरैवटा पदमा ‘बागी’ उम्मेदवारहरुले जितेका छन् । जस्तो– प्रदेश एशोसिएट सदस्यमा बागी उठेको भन्दै एमाले नेता पार्वत गुरुङको समेत खप्की खाएकी मनुका कुँवरले जित हासिल गरेकी छिन्।

यो पनि-

पत्रकार महासङ्घको अध्यक्षमा शर्मा निर्वाचित

नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विजयी निर्मला शर्मा

हेर्नुहोस् चुनावी नतिजा–

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : २१ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा