पुस १ गते : प्रजातन्त्रमाथि ‘कू’ भएको दिन | Khabarhub Khabarhub

पुस १ गते : प्रजातन्त्रमाथि ‘कू’ भएको दिन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

आजको दिनलाई तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।

यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउँदै छन् ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बीपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बीपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।

 

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : ०४ बजे

अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा

मेलबर्न– अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता लिन झुक्याएर रसिद काटेको ओलीको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि

तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक

काठमाडौं–  गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विस्फोटनमा

एकैछिन ठूलो पानी पर्दा बबरमहल जलमग्न (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको

लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला

काठमाडौँ – लुम्बिनी प्रदेशभित्र सञ्चालन भएका अधिकांश उद्योगमा काम गर्ने