विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद(दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : १७ बजे

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले

सालासुङ्गी हाइड्रोपावरका एक मजदुर मृत फेला

रसुवा– उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने

स्थानीयस्तरमा आँखाको उपचार हुन थालेपछि नगरप्रमुखद्वारा प्रशंसा

चितवन– भरतपुर आँखा अस्पतालले स्थानीयस्तरमा सेवा केन्द्रमार्फत आँखा उपचार गर्न थालेपछि

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

सिमकोट–  यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना

एमाले पोलिटब्युरो बैठक शनिबार फेरि बस्‍ने

काठमाडौं- नेकपा (एमाले) को शुक्रबारबाट सुरू भएको पोलिटब्युरो बैठक शनिबार