कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट « Khabarhub

कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।

टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले पाँचौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको छ। कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल ५.२ बलमा रनआउट भएका हुन्।

तस्बिर : चिरायु शाक्य

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो।

तस्बिर : चिरायु शाक्य

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए। पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो। कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ३५ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा