घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर « Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी सरावल गाँउपालिका सबइञ्जिनीयर भीमदेव भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक कालोपत्रे तथा नाला निर्माण कार्यमा सबइञ्जिनीयर भट्टराईलाई रु तीन लाख ६१ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । नालीको कम उचाइ, प्लास्टर कम तथा नालीको बढी मूल्याङ्कनसमेत गरी गैरकानूनी लाभ वा हानी पु¥याउने बदनियत राखेको पाइएको आयोगको भनाइ छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले भट्टराईविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरी कैद सजायको समेत माग गरिएको छ ।

यस्तै आयोगले पर्वत जिल्ला, साविक तिलाहार गाविसका कार्यालयका सचिव लिलप्रसाद श्रेष्ठले मिलेमतो गरी रकम बाँडेर बाख्रापालन तर्फको रु ४० हजार सरकारी रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका अनुसन्धान सहायक वीरेन्द्र पाण्डे र पसले वीरेन्द्र वर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीले भारतबाट घरायसी प्रयोजनका लागि सामान ल्याउने क्रममा मासिक रुपमा रकम नदिए सामान जफत गर्ने धम्की दिई रु तीन हजार घुस मागेको आरोप लागेको छ ।

भानु माध्यामिक विद्यालय शङ्करपुर कञ्चनपुरमा कार्यरत प्रावि तहको अनुदान दरबन्दीका शिक्षक नन्दलाल तिरुवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेशबहादुर थापाको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली रहेको आरोपमा मंगलरबार मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : ४२ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,