कालीकोट दुर्गम पलाँतामा टेलिकमको टावर « Khabarhub

कालीकोट दुर्गम पलाँतामा टेलिकमको टावर


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मान्म – कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्‍याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।

पलाँता गाउँपालिका–४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चारको पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले बताए।

‘गाउँपालिका–२, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्नेछ’, उनले भने, ‘दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्‍याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो ।’

टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका–४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए।

‘गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ,’ उनले भने, ‘यसले यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिनेछ ।’

यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : ४७ बजे

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले