सत्तारूढ सांसद अनुपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित | Khabarhub Khabarhub

सत्तारूढ सांसद अनुपस्थित भएपछि अर्थ समितिको बैठक स्थगित


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तिम समयमा आएर अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा कोरम नपुगे पछि सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको हो ।

आज बोलाइएको बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति न्यून भए पछि बैठकका लागि गणपूरक सङ्ख्या नपुगेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।

 बैठकमा अर्थमन्त्रीको समेत उपस्थिति हुने बताइए पनि कोरम नपुगे पछि अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १ : २१ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा

गृह मन्त्रालयद्वारा सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौं–  हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न