महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ | Khabarhub Khabarhub

महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण आरोप लगाउँदै आएकी शोभा पाठक पक्राउ परेकी छन् ।

पाठक सोमबार (आज) दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ परेकी हुन् ।

महेशले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि सुरक्षाका लागि आफैंले गिरफ्तारी दिएको पाठकले बताएकी छन् ।

धादिङ घर भएकी पाठकविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको जानकारी दिए ।

यसअघि पनि उनी पक्राउ परेकी थिइन् । उनले आफूलाई बस्नेतले अपार्टमेन्टमा राखेर यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुर आरोपमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। बस्नेतनिकटहरूले उनलाई हनी ट्रयापर भन्दै ट्रोल बनाउने गरेका छन्।

बस्नेतले आफूसँग मन्दिरमा लगेर महेशले विवाह गरेको पनि बताएकी छन् । बस्नेत विवाहित पुरूष हुन् । नेपालको कानुनअनुसार बहुविवाह बर्जित छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : ५८ बजे

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौं–  हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि

‘इलाम सामुदायिक आँखा अस्पताल’ बन्द

फिक्कल– इलाम नगरपालिकाले विगत चार वर्षदेखि सञ्चालन गरेको ‘इलाम सामुदायिक

गण्डकीले ल्यायो घरेलु मदिरा ऐन

गण्डकी– गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी