हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री | Khabarhub Khabarhub

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका कारण पछि परेको बताएका छन् ।

मन्त्रालयमा आज हुलाक सेवा विभागले ‘एक सय ५०औँ विश्व हुलाक दिवस’ र ‘इन्टरपोल एक सयौँ वार्षिकोत्सव’ शीर्षकका दुई हुलाक टिकटमा टाँचा प्रदानपछि उनले हुलाकलाई आधुनिकीकरण गर्न आफू प्रतिबद्ध रहेको बताए।

हुलाक सेवा बलियो नहुँदा सूचना प्रविधिको विकाससँगै निजी क्षेत्रले फाइदा उठाइरहेको मन्त्री गुरुङको भनाइ थियो ।

उनले परम्परागत कार्यशैलीमा थप रूपान्तरण गरेर विभागले ‘डिजिटल’ शैलीमा सेवा प्रदान गर्न जरुरी रहेको बताए। जसका लागि सुरक्षण मुद्रण केन्द्रलाई व्यवस्थित गर्दै मन्त्रालय कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया करिब अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले जानकारी दिए।

‘सुरक्षण मुद्रण केन्द्रको सिइओ बनाइसकेका छौँ । अब आफ्नै देशको छापाखानाबाट कागजात छाप्न सक्षम हुन्छौँ’, उनले भने, ‘सुरक्षण मुद्रण परिचालन हुन थालेपछि धेरै राजस्व बचाउन सकिन्छ ।’

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ४ : ५६ बजे

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !

काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा

लाओसविरुद्ध नेपाल ५–० ले अगाडि

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–०

ईश्वर पोखरेललाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

बुङ्गल हाइड्रोको आईपीओ आउने 

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि

लाओसविरुद्ध पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको पहिलो हाफमा नेपालले