खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा सोमबार सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

‘बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरू पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौँ,’ मुख्यमन्त्री कार्कीले भने।

स्व खेलाडी रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालयस्तरीय तेस्रो यु–१८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा १२ वटा टोली सहभागी रहेको आयोजक मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले बताए।

विजेता टोलीलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ५ : ०३ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा

गृह मन्त्रालयद्वारा सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौं–  हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न