बुटवलमा औद्योगिक व्यापार मेला हुने | Khabarhub Khabarhub

बुटवलमा औद्योगिक व्यापार मेला हुने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा ‘औद्योगिक व्यापार मेला बुटवल–२०८१’ गर्न लागिएको हो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घले आयोजना गरेको औद्योगिक व्यापार मेलाको यो २४औँ संस्करण हो ।

बटुवलमा हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र उद्यमशीलताको माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न मेला आयोजना गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

औद्योगिक उत्पादन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि आयोजना गरिएको मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाइल्स र होटलको छुट्टाछट्टै १० वटा मण्डप रहने आयोजकले जनाएको छ । मेलामा औद्योगिक, हस्तकला, कृषि र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ । विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ ।

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा पाँच सय स्टल रहने छन् भने पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र मेलाभित्र रु १५ करोड बढीको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यङ्ग्य, ब्यूटी शो र टिकटक प्रतियोगिता गरिने मेला कार्यसम्पादन समितिका सदस्य दीपकप्रसाद चापागाईंले जानकारी गराए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ०७ बजे

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र

दाजुका लागि अख्तियारका कर्मचारीसँग यसरी झोँक फेरे बाह्रबिसेका मेयरले

काठमाडौं- दाजु मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ३

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

चितवन– चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ

स्वीकृत भएन बेलायत बसेकी प्रदेश सांसद गुरूङको राजीनामा

काठमाडौं- जनमत पार्टीबाट लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङको राजीनामा

जनकपुर-अयोध्या जोड्न सके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ : एनपी साउद  

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक