बुटवलमा औद्योगिक व्यापार मेला हुने « Khabarhub

बुटवलमा औद्योगिक व्यापार मेला हुने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा ‘औद्योगिक व्यापार मेला बुटवल–२०८१’ गर्न लागिएको हो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घले आयोजना गरेको औद्योगिक व्यापार मेलाको यो २४औँ संस्करण हो ।

बटुवलमा हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र उद्यमशीलताको माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्न मेला आयोजना गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।

औद्योगिक उत्पादन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि आयोजना गरिएको मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाइल्स र होटलको छुट्टाछट्टै १० वटा मण्डप रहने आयोजकले जनाएको छ । मेलामा औद्योगिक, हस्तकला, कृषि र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण हुने जनाइएको छ । विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकको भनाइ छ ।

पुस १८ गतेसम्म सञ्चालन हुने मेलामा पाँच सय स्टल रहने छन् भने पाँच लाख बढी दर्शकले अवलोकन गर्ने र मेलाभित्र रु १५ करोड बढीको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, भजन, चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, हास्यव्यङ्ग्य, ब्यूटी शो र टिकटक प्रतियोगिता गरिने मेला कार्यसम्पादन समितिका सदस्य दीपकप्रसाद चापागाईंले जानकारी गराए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ०७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै