रविलाई म्याद थपका लागि आज अदालत लगिँदै « Khabarhub

रविलाई म्याद थपका लागि आज अदालत लगिँदै


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसअघि लामिछानेमाथि अनुसन्धानका लागि सात पटक म्याद थपिइसकेको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा भएकाले ९० दिन अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

लामिछानेविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ०४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई