माउण्टेन ईनर्जी नेपालले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

माउण्टेन ईनर्जी नेपालले हकप्रद शेयर जारी गर्ने 


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माउण्टेन ईनर्जी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।

सोमबार अपराह्न ५ बजे बसेको ११८औँ सञ्चालक समितिको बैठकले दूध खोला जलविद्युत आयोजना ६५ मेघावाटमा लगानी गर्न हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव समबहादुर भट्टले जानकारी दिए ।

कम्पनीले १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको भट्टले जानकारी दिए । जसमा २ अर्ब ६० करोड २७ लाख १५ हजार ७०८ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५७९.५४ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाले पास गरेपछि जारी गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १२ : ४२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण