मस्कोमा बम विस्फोट- रूसी सेनाका उच्च कमान्डर र सहयोगी मारिए | Khabarhub Khabarhub

मस्कोमा बम विस्फोट- रूसी सेनाका उच्च कमान्डर र सहयोगी मारिए


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको राजधानी मस्कोमा भएको एक विस्फोटमा रूसी सेनाका जनरल दर्जाका एक सैन्य अधिकारीको ज्यान गएको छ।

घटना मंगलबार भएको हो । रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए ।

यो घटना एक स्कुटरमा लुकाएर लगिएको एक डिभाइसमा विस्फोट हुँदा भएको हो। जाँच कमिटीले यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको जनाएको छ।

अक्टोबर महिनामा ब्रिटेनले युक्रेनमाथि रासायनिक हतिायर प्रयोगमा नजरअन्दाज गरेको आरोपसहित किरिलोलाई विभिन्न प्रतिबन्ध लगाएको थियो ।

ब्रिटेनले किरिलोभ ‘क्रेमलिनका मुखौटा’ बनेको आरोप लगाउँदै आएको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४२ बजे

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले