सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा « Khabarhub

सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सशस्त्र प्रहरीको टोलीले सुनसरीको धरानबाट १९० किलोग्राम गाँजा बरामद गरेको छ।

प्रतिबन्धित सूचीमा रहेको उक्त गाँजा यही सोमबार धरान उप-महानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गबाट बरामद गरिएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीलाई देखेपछि भेडेटारबाट धरान आउँदै गरेको बा १० च ६८५२ नम्बरको रातो सुजुकी कार चालक भागेका थिए ।

चालक भागेर सडकमै अलपत्र छाडिएको कार चेकजाँच गर्दा प्लास्टिकमा प्याकिङ गरिएको १९० केजी प्रतिबन्धित लागु औषध गाँजा फेला परेको हो ।

बरामद भएको गाँजा र कारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को