सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा « Khabarhub

सशस्त्र प्रहरीले कारबाट बरामद गर्‍यो १९० केजी गाँजा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सशस्त्र प्रहरीको टोलीले सुनसरीको धरानबाट १९० किलोग्राम गाँजा बरामद गरेको छ।

प्रतिबन्धित सूचीमा रहेको उक्त गाँजा यही सोमबार धरान उप-महानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गबाट बरामद गरिएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीलाई देखेपछि भेडेटारबाट धरान आउँदै गरेको बा १० च ६८५२ नम्बरको रातो सुजुकी कार चालक भागेका थिए ।

चालक भागेर सडकमै अलपत्र छाडिएको कार चेकजाँच गर्दा प्लास्टिकमा प्याकिङ गरिएको १९० केजी प्रतिबन्धित लागु औषध गाँजा फेला परेको हो ।

बरामद भएको गाँजा र कारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४९ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै