प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो « Khabarhub

प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आइरहेको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उनले देश फड्को मार्दै गएको बताए ।

‘अहिले निर्यात पनि बढेको छ ।अर्थतन्त्रको आकार पनि बढेको छ। विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अवस्थामा परिवर्तन आएन भन्ने होइन, नेपालीको सरदर आयु कुनै बेला ४२ थियो, त्यो बढेर ४९ हुँदै ७२ पुगिसकेको छ ।’

नेपालमा पहिले जस्तो जीविकाका लागि भारी नै बोक्नुपर्ने र चर्को शारीरिक श्रम गर्नुपर्ने बाध्यतामा धेरै कमी आएको पनि उनले बताए ।

‘अहिले विरामी पर्दा स्वास्थ्य उपचार हुने गरेको छ । नेपालमा महत्त्वपूर्ण अंगको ट्रान्सप्लान्ट हुने गरेको छ’, उनले भने, ‘मेरै कुरा गरौँन । किड्नी ट्रान्सप्लान्ट गर्ने सु्विधा नभएको मेरो त अस्ति साउनमै १८ औँ पुन्य तिथि भइसक्थ्यो । पहिलो पटक ट्रान्सप्लान्ट गर्न नेपालमा सुविधा नहुँदा भारत गएँ । १३ वर्षपछि मैले नेपालमै ट्रान्सप्लान्ट गरेँ ।नेपालमै ट्रान्सप्लान्ट गर्दा सजिलो छ । औषधोपचारदेखि डाक्टरको फलोअपमा अस्पताल जान पनि सजिलो छ । दोस्रो पटक ट्रान्सप्लान्ट नेपालमै गर्दा मलाई सजिलो भएको छ । औषधि खान पनि अर्को देशतिर जानुपर्दैन ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : २३ बजे

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

काठमाडौं- विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडी र अफिसियलसहित जम्बो टोली

इरान र रूससहित चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौं– ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई