नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताएका हुन् ।

काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको सन्दर्भ जोड्दै उनले ललितपुरमा त्यस्तोनभएको उल्लेख गरे ।

‘ललितपुर नगर प्रहरीलाई सम्मानित गरेकोमा खुसी लागेको छ । कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगरप्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ ।’

उनले काठमाडौंमा नगर प्रहरीले सडकमा आतंक मच्चाएको सन्दर्भ कोट्याउँदै कता भागौँ भन्ने अवस्थामा जनतामा हुन नहुने बताए ।‘नगर प्रहरी देख्नेबित्तिकै आयो-आयो कता भागौँ ? के गरौँ भन्ने हुनु हुँदैन’, उनले भने, ‘नगर प्रहरी देखेर जनता तर्सिने अवस्था कम्तीमा ललितपुरमा चाहिँ नहोस् ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  २ : ३७ बजे

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत

यस्तो छ मोहन बस्नेतलाई धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौं – विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको

कांग्रेस नेता मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख