एनपीएल इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै : कस्तो थियो अघिल्लो भेट ? | Khabarhub Khabarhub

एनपीएल इलिमिनेटरमा कर्णाली र चितवन भिड्दै : कस्तो थियो अघिल्लो भेट ?


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल हुँदैछ। यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन र चौथो स्थानको कर्णाली याक्सबीच इलिमिनेटरमा भिडन्त हुन लागेको हो।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र कुशल मल्लको कप्तानीमा रहेको चितवनको खेलका विजेताले दोस्रो क्वालिफायर खेल्न पाउने छन् भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ।

लिग चरणका सातमध्ये चार खेलमा जित र तीन हारसहित आठ अंक बनाएका चितवन र कर्णालीले तालिकाको तेस्रो र चौथो स्थानमा रहँदै इलिमिनेटरमा भेट पक्का गरेका हुन्।

लिग चरणको भेटमा चितवनविरुद्ध कर्णालीले बाजी मारेको थियो। कर्णालीविरुद्ध सुरुमा ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा बनाएको १३१ रनको लक्ष्य कर्णालीले चार विकेटको क्षतिमा एक बल बाँकी हुँदा १३२ रन बनाएर पुरा गरेको थियो।

कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्काको सहयोगमा ४५ रन बनाएका थिए। यस्तै चाडविक वाल्टनले ३० र देव खनालले २९ रन जोड्दा जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन बनाएका थिए। बलिङमा चितवनका कुशल मल्ल, रवि बोपारा र जान निकोल लफ्टी-इटनले एक एक विकेट लिएका थिए

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो।

चितवनका लागि रबि बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा ५९ रन बनाउँदा कप्तान कुशल मल्लले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट हात पारेका थिए। रोचक त के छ भने लिगमा तीन खेल खेलेको कर्णालीले चितवनविरुद्ध पहिलो जित निकालेको थियो।

यता, सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको जनकपुरको भिडन्त हुनेछ। यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

चितवन र कर्णालीमध्ये एक टिम इलिमिनेटर प्रतिस्पर्धामा पराजित भएमा उपाधि होडबाट बाहिरिनेछन्। विजयी टिमले भने पहिलो क्वालिफायरमा पराजित टिमसँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२ः १५ बजे सुरु हुनेछ। दोस्रो क्वालिफायरमा पराजित हुने टोली उपाधि होडबाट बाहिरिनेछ भने विजयी टिमले पहिलो क्वालिफयारमा विजयी हुने टोलीसँग फाइनलमा उपाधि भिडन्त गर्न पुग्नेछ। नेपालको किक्रेट उत्सावका रुपमा हेरिएको एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

विभिन्न देशका ४० भन्दाबढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ । उपविजेतालाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथोलाई १५ लाख रुपियाँ पुरस्कार दिने निर्णय क्यानले गरेको छ । एनपिएलको उत्कृष्ट खेलाडीले करिव ६२ लाख रुपियाँको ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पाउनेछन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ३३ बजे

हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द

एजेन्सी – हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित एक प्रमुख अस्पतालमा सशस्त्र समूहको

एलिमिनेटर : बोपाराको अर्धशतकले जोगिएन चितवन, क्वालिफायर २ मा पुग्यो कर्णाली

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन

चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही

नवलपुर – चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म

फाल्गुनन्द गोल्डकपको तयारी पूरा

पाँचथर– पाँचथरको फिदिममा यही पुस ६ गतेदेखि सञ्चालन हुने फाल्गुनन्द

एनसेल उत्कृष्ट करदाता, ललितपुर महानगरले गर्‍यो सम्मान

काठमाडौं– एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत