केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’ « Khabarhub

केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओलम्पिक आठ सय मिटर दौडकी विश्व विजेता केली हडगिन्सनलाई बिबिसी स्पोर्ट्स पर्सानालिटी अफ द इयर २०२४ घोषित गरिएको छ। सन् २०२१ को टोकियो ओलम्पिक र लगातार दुई पटक विश्व च्याम्पियनसिपमा रजत पदक जितेपछि उनी यसै वर्ष पेरिसमा भएको ओलम्पिकमा भने स्वर्ण पदक जित्न सफल भएकी हुन्।

रोममा भएको प्रतियोगिता जितेर युरोपियन च्याम्पियनको उपाधि जोगाएकी उनले यसै वर्ष लन्डनमा भएको डायमन्ड लिगको उपाधि जित्ने क्रममा समयमा समेत सुधार गरेकी थिइन्।

पुरुषतर्फ स्पोर्ट्स स्टार द इयर स्विडेनका अर्मान्ड डु प्लान्टिसले जितेका छन्। संसारको इतिहासमा सबै भन्दा सफल पोलभोल्टर उनले यस वर्ष पनि आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गरे।

पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्दै उनी सन् १९५० पछि ओलम्पिक पोल भोल्टको उपाधि जोगाउने पहिलो खेलाडी बनेका थिए। त्यसक्रममा उनले ओलम्पिक तथा विश्व कीर्तिमान भङ्ग गरे। उनले खेल जीवनमा नवौँ पटक विश्व कीर्तिमान भङ्ग गरेको थिए। त्यस वर्षको भने सो दोस्रो विश्व कीर्तिमान थियो।

अगस्टमा सिलेसामा भएको डायमन्ड लिगमा उनी अर्को विश्व कीर्तिमान कायम गर्न सफल भए। यस वर्ष नै उनले तेस्रो पटक विश्व कीर्तिमान पनि भङ्ग गरी सकेका छन्। सो अवार्डमा अमेरिकी जिम्न्यास्ट सिमोन वाइल्स, बास्केटबल खेलाडी काइटिन क्लार्क हिव्ल चियरका काथराइन डेक रनर, डच धाविका, सिफाना हसन र फ्रान्सेली पौडीबाज लियोन मार्चान्ड पनि नोमिनेसनमा परेका थिए।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ०० बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत