केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’ | Khabarhub Khabarhub

केली बनिन् बिबिसी स्पोर्ट्स पर्सानालिटी ‘अफ द इयर’


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओलम्पिक आठ सय मिटर दौडकी विश्व विजेता केली हडगिन्सनलाई बिबिसी स्पोर्ट्स पर्सानालिटी अफ द इयर २०२४ घोषित गरिएको छ। सन् २०२१ को टोकियो ओलम्पिक र लगातार दुई पटक विश्व च्याम्पियनसिपमा रजत पदक जितेपछि उनी यसै वर्ष पेरिसमा भएको ओलम्पिकमा भने स्वर्ण पदक जित्न सफल भएकी हुन्।

रोममा भएको प्रतियोगिता जितेर युरोपियन च्याम्पियनको उपाधि जोगाएकी उनले यसै वर्ष लन्डनमा भएको डायमन्ड लिगको उपाधि जित्ने क्रममा समयमा समेत सुधार गरेकी थिइन्।

पुरुषतर्फ स्पोर्ट्स स्टार द इयर स्विडेनका अर्मान्ड डु प्लान्टिसले जितेका छन्। संसारको इतिहासमा सबै भन्दा सफल पोलभोल्टर उनले यस वर्ष पनि आफ्नै नाममा भएको कीर्तिमान भङ्ग गरे।

पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्दै उनी सन् १९५० पछि ओलम्पिक पोल भोल्टको उपाधि जोगाउने पहिलो खेलाडी बनेका थिए। त्यसक्रममा उनले ओलम्पिक तथा विश्व कीर्तिमान भङ्ग गरे। उनले खेल जीवनमा नवौँ पटक विश्व कीर्तिमान भङ्ग गरेको थिए। त्यस वर्षको भने सो दोस्रो विश्व कीर्तिमान थियो।

अगस्टमा सिलेसामा भएको डायमन्ड लिगमा उनी अर्को विश्व कीर्तिमान कायम गर्न सफल भए। यस वर्ष नै उनले तेस्रो पटक विश्व कीर्तिमान पनि भङ्ग गरी सकेका छन्। सो अवार्डमा अमेरिकी जिम्न्यास्ट सिमोन वाइल्स, बास्केटबल खेलाडी काइटिन क्लार्क हिव्ल चियरका काथराइन डेक रनर, डच धाविका, सिफाना हसन र फ्रान्सेली पौडीबाज लियोन मार्चान्ड पनि नोमिनेसनमा परेका थिए।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ०० बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो