डोटीमा मानव बेचबिखनविरुद्धको अभियान शुरु « Khabarhub

डोटीमा मानव बेचबिखनविरुद्धको अभियान शुरु


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी-मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट डोटीमा शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ ।

जिल्लाका सरोकारवाला र स्थानीय नागरिकको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुवात भएको जानकारी दिए ।

विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनले भने, “हामीले सञ्चालन गर्न लागेको अभियान महिला बेचबिखनविरुद्धमा बढी केन्द्रित हुनेछ, जसले गर्दा महिला बेचबिखन तथा ओसारपसारको अन्त्य गर्न सहयोग हुनेछ ।”

अभियानका क्रममा स्थानीयलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धबारे जानकारी दिइने र सन्देशमूलक पर्चा वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

यसपछिका दिनमा सन्देशमूलक माइकिङ, विद्यार्थीसँग छलफल, प्लेकार्डसहित बजार परिक्रमा गर्नेलगायतका कार्यक्रम गरिने उनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ९ : ३५ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी