सांगठनिक छलफल गर्न भन्दै ओलीले वामदेवलाई बोलाए « Khabarhub

सांगठनिक छलफल गर्न भन्दै ओलीले वामदेवलाई बोलाए


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् ।

नेकपाका प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्नेछन् ।

‘सांगठनिक छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले पुनः सिंगापुरमा बोलाउनु भएपछि वामदेव गौतम त्यसतर्फ जान लाग्नु भएको हो’ वामदेव निकट श्रोतले खबरहबसँग भन्यो ।  गौतम प्रधानमन्त्रीसँग स्वदेश फर्कने छन् ।

यसअघि पार्टी महासचिव विष्णु पौडेलसँगै गौतम सिंगापु जाने तयारीमा थिए तर अन्तिम समयमा हिजोको उनको कार्यक्रम स्थगित भएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य

सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट आज आउने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट आएपछि उनी कहिले नेपाल फर्कने भन्ने तय हुने छ ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ६ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब बुधबार(आज) सातौं पटक प्लाज्मा फेरेसिस गरिने र त्यसको रिपोर्ट आएपछि एन्टिबडीको अवस्था बारे जानकारी हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ०३ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक