सांगठनिक छलफल गर्न भन्दै ओलीले वामदेवलाई बोलाए | Khabarhub Khabarhub

सांगठनिक छलफल गर्न भन्दै ओलीले वामदेवलाई बोलाए


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् ।

नेकपाका प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरबाट सिंगापुर प्रस्थान गर्नेछन् ।

‘सांगठनिक छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले पुनः सिंगापुरमा बोलाउनु भएपछि वामदेव गौतम त्यसतर्फ जान लाग्नु भएको हो’ वामदेव निकट श्रोतले खबरहबसँग भन्यो ।  गौतम प्रधानमन्त्रीसँग स्वदेश फर्कने छन् ।

यसअघि पार्टी महासचिव विष्णु पौडेलसँगै गौतम सिंगापु जाने तयारीमा थिए तर अन्तिम समयमा हिजोको उनको कार्यक्रम स्थगित भएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य

सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट आज आउने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट आएपछि उनी कहिले नेपाल फर्कने भन्ने तय हुने छ ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि भदौ ५ गते उनी सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गर्नुपर्ने उनका निजी चिकित्सकहरुले बताएका थिए ।

प्रधानमन्त्री ओलीको शरीरमा बढेको एन्टिबडी निराकरणका लागि हालसम्म ६ पटक प्लाज्मा फेरेसिस भइसकेको छ । अब बुधबार(आज) सातौं पटक प्लाज्मा फेरेसिस गरिने र त्यसको रिपोर्ट आएपछि एन्टिबडीको अवस्था बारे जानकारी हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १० : ०३ बजे

पोखरामा तरबुजा खेती : चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

कस्की- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस वा पोखरा–१३

‘सिने ब्रिफ’ : हराए आकाश र पुष्प, घर झगडा मिलाउन भारत उडिन् विपना, हिट बन्यो ‘ऊनको स्वीटर’

हेडलाइनहरु :०८२ सालको पहिलो हिट फिल्मको दौडमा ‘ऊनको स्वीटर’अग्र्यानिक फिल्मको

मदन–आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का तत्कालीन महासचिव मदन

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए

काठमाडौं – इजरायलले गाजा खाली गराउनका लागि गरेको आक्रमणमा ११५

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि