नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस् « Khabarhub

नेपाल टेलिकमको आग्रह- कुनै अफर खुलाएका छैनौँ, गलत सूचनाको पछि नलाग्नुस्


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर आएकाे गलत सूचनाको पछि नलाग्न आग्रह गरेको छ ।

टेलिकमले आधिकारिक लोगोसमेत प्रयोग गरेर यस्ताे सूचना प्रवाह भइरहेकोप्रति सचेत रहन आग्रह गरेको हो ।

बुधकार एक विज्ञप्ति जारी गर्दै भनेकाे छ- ‘हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।
कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक – ग्राहकवर्गमा अनुरोध छ ।’

यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिङ्कबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ५८ बजे

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको