एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई « Khabarhub

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ । महाधिवेशन भएको साढे पाँच महिनापछि स्थायी कमिटी बैठकमार्फत नेताहरूको जिम्मेवारी बाँडफाट गरेको हो ।

झलनाथले मागेकै विभाग पाएका छन् भने संगठन विभागमा विवाद रहेका कारण पुरानै नेता बेदुराम भुसाललाई संगठन विभागको जिम्मेवारी दिएको छ। संगठन विभागमा विशेषत महासचिव घनश्याम भुसाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको दाबी थियो तर दुवै नेता नपरेर पुरानै नेता भुषाललाई विभागको जिम्मेवारी दिएको हो ।

यसअघि विदेश विभाग प्रमुखका रूपमा रहेका खनाल उनले रोजेको विभाग पार्टी स्कुल विभागमा फर्किएका छन् । त्यसैगरी विद्यार्थी विभागको इन्चार्जको रूपमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिएको छ उनले पनि यो विभागमा बस्न इच्छा जाहेर गरेकी थिइन् ।

यस्तै प्रचार विभागमा रहेका जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला विभागमा पठाएर उनको ठाउँमा प्रकाश ज्वालालाई ल्याइएको छ। ज्वाला यस अगाडि भौतिक पूर्वाधारमन्त्री समेत भएका थिए। ज्वालाले पनि आफूलाई प्रचार विभागको जिम्मेवारी दिन पटकपटक नेतृत्वलाई दबाब दिइरहेका थिए ।

कस्लाई कुन विभागको जिम्मेवारी ?

१. स्कुल विभाग प्रमुख – झलनाथ खनाल
२. सङ्गठन विभाग प्रमुख – बेदुराम भुसाल
३. विदेश विभाग प्रमुख – प्रमेश हमाल
४. संघीय मामिला विभाग प्रमुख – घनेन्द्र बस्नेत
५. मोर्चा फाँट प्रमुख -वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे
६. सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख – उपाध्यक्ष जगन्नाथ खतिवडा
७. प्रचार विभाग प्रमुख – प्रकाश ज्वाला
८. अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज – जयन्ती राई
९. अनुगमन – महासचिव घनश्याम भुसाल
१०. कार्यालय सचिव – उपमहासचिव रामकुमार भट्टराई
११. संसदीय इन्चार्ज -उपमहासचिव गरिमा शाह
१२. युवा विभाग इन्चार्ज – लक्ष्मण केसी
१३. विद्यार्थी विभाग इन्चार्ज – रामकुमारी झाँक्री
१४. कोशी प्रदेश इन्चार्ज -उपमहासचिव राजेन्द्र राई
१५. मधेस प्रदेश इञ्चार्ज – उपाध्यक्ष धर्मनाथप्रसाद साह
१६. गण्डकी इन्चार्ज – सचिव श्रीनाथ बराल
१७. बागमती प्रदेश इन्चार्ज – उपाध्यक्ष गङ्गालाल तुलाधर
१८. लुम्बिनी इञ्चार्ज – उपाध्यक्ष मेटमणि चौधरी
१९. कर्णाली इन्चार्ज -सचिव चन्द्रबहादुर शाही
२०. सुदूरपश्चिम प्रदेश इन्चार्ज – उपाध्यक्ष भानुभक्त जोशी

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ४९ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड