सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद « Khabarhub

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सिरिया – विद्रोही नेता अहमद अल साराले देशले लामो समयको युद्धबाट कानुनी बाटोमा अगाडि बढेको बताएका छन्। उनले अब युद्धबाट बाहिर निस्कनु आवश्यक रहेको बताए। उनले पश्चिमा र अन्य छिमेकी देशसँग सिरियाले कुनै वैरभाव नराख्ने समेत बताए।

सिरियाको अबको भूमिका तथा विद्रोही शक्तिको भूमिकाबाट कोही पनि सशंकित हुन आवश्यक नरहेको उनको भनाइ छ।

‘संसारले पुरानो सत्ताको भूमिकाका कारण सिरियामा प्रतिबन्ध लगाएका कारण सो प्रतिबन्ध हटाउन आवश्यक रहेको छ’, उनले भने। दुई साता अघि बसार अल आसादलाई सत्ताबाट बर्खास्त गरेका हायात ताहिर अल साम (एचटिएस) का नेता मोहम्मद अल जलाउनीको नामबाट परिचित साराले उनको सङ्गठनलाई आतङ्ककारीको सूचीबाट हटाउन माग गरेका छन्।

एचटिएसलाई अमेरिका, बेलायत, राष्ट्र सङ्घ र युरोपेली युनियनले आतङ्ककारीको सूचीमा राखेका छन्। सन् २०१६ मा नै एचटिएसले अलकायदासँगको आबद्धता त्यागेका कारण सूचीबाट हटाउन आवश्यक रहेको कुरामा उनले जोड दिएका छन्। उनले आफ्नो सङ्गठनले कहिले पनि सर्वसाधारणलाई आक्रमण नगरेको बताउँदै बसार सत्ताबाट सिरियालीलाई न्याय दिलाउन मात्र लडाइँ लडेको जिकिर गरे।

उनले सिरियालाई अफगानिस्तानको मोडलमा नलैजाने कुरामा संसार प्रस्ट हुन आवश्यक रहेको समेत बताए। उनले सिरियामा महिला शिक्षामा जोड दिनु आवश्यक रहेको बताएका छन्। उनले एचटिएसको पकड रहेको इदलिबको विश्वविद्यालयमा ६० प्रतिशत भन्दा बढी महिला भएको दाबी गरेका छन्। उनले सिरियाका कानुनी ज्ञाताहरूले नै संविधान लेख्ने तथा यसलाई सबै राजनीतिक नेतृत्वले मान्न बाध्य हुने बताए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ०० बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड