सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद | Khabarhub Khabarhub

सिरिया अब कानुनी बाटोमा अगाडि बढ्यो : विद्रोही नेता अहमद


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सिरिया – विद्रोही नेता अहमद अल साराले देशले लामो समयको युद्धबाट कानुनी बाटोमा अगाडि बढेको बताएका छन्। उनले अब युद्धबाट बाहिर निस्कनु आवश्यक रहेको बताए। उनले पश्चिमा र अन्य छिमेकी देशसँग सिरियाले कुनै वैरभाव नराख्ने समेत बताए।

सिरियाको अबको भूमिका तथा विद्रोही शक्तिको भूमिकाबाट कोही पनि सशंकित हुन आवश्यक नरहेको उनको भनाइ छ।

‘संसारले पुरानो सत्ताको भूमिकाका कारण सिरियामा प्रतिबन्ध लगाएका कारण सो प्रतिबन्ध हटाउन आवश्यक रहेको छ’, उनले भने। दुई साता अघि बसार अल आसादलाई सत्ताबाट बर्खास्त गरेका हायात ताहिर अल साम (एचटिएस) का नेता मोहम्मद अल जलाउनीको नामबाट परिचित साराले उनको सङ्गठनलाई आतङ्ककारीको सूचीबाट हटाउन माग गरेका छन्।

एचटिएसलाई अमेरिका, बेलायत, राष्ट्र सङ्घ र युरोपेली युनियनले आतङ्ककारीको सूचीमा राखेका छन्। सन् २०१६ मा नै एचटिएसले अलकायदासँगको आबद्धता त्यागेका कारण सूचीबाट हटाउन आवश्यक रहेको कुरामा उनले जोड दिएका छन्। उनले आफ्नो सङ्गठनले कहिले पनि सर्वसाधारणलाई आक्रमण नगरेको बताउँदै बसार सत्ताबाट सिरियालीलाई न्याय दिलाउन मात्र लडाइँ लडेको जिकिर गरे।

उनले सिरियालाई अफगानिस्तानको मोडलमा नलैजाने कुरामा संसार प्रस्ट हुन आवश्यक रहेको समेत बताए। उनले सिरियामा महिला शिक्षामा जोड दिनु आवश्यक रहेको बताएका छन्। उनले एचटिएसको पकड रहेको इदलिबको विश्वविद्यालयमा ६० प्रतिशत भन्दा बढी महिला भएको दाबी गरेका छन्। उनले सिरियाका कानुनी ज्ञाताहरूले नै संविधान लेख्ने तथा यसलाई सबै राजनीतिक नेतृत्वले मान्न बाध्य हुने बताए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ०० बजे

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

संसद्लाई जनमुखी बनाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी

पर्सामा लागूऔषधका ११४ मुद्दा दर्ता

पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ ।

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

तनहुँ– तनहुँको आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको सेवा विस्तार गरिएको छ ।

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको