रियलले जित्यो इन्टरकन्टिनेन्टल कप | Khabarhub Khabarhub

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा रियल म्याड्रिडले मेक्सिकोको पाचुवालाई ३-० ले हराएको हो।

कतारको लुसाइल रङ्गशालामा भएको खेलमा रियलका लागि पहिलो हाफमा केलिएन एम्बाप्पेले गोल गरेका थिए। सोही रङ्गशालामा दुई वर्ष अघि भएको विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए।

रियलका लागि दोस्रो हाफमा रोड्रिगो र भिन्सियस जुनियरले गोल गरे। एम्बाप्पेले भिन्सियसको सहयोगमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको सातौँ मिनेटमा रोड्रिगोले गोल गरे। प्राप्त पेनाल्टीलाई उपयोग गर्दै भिन्सियसले तेस्रो गोल गरे। फिफा क्लब विश्वकपलाई प्रतिस्थापन गर्दै इन्टरकन्टिनेन्टल कप प्रतियोगिताको सुरुवात भएको हो।

५ वटा महादेशीय च्याम्पियनको प्रतियोगितामा सहभागिता रहनेछ। पाचुवा मेक्सिकोको च्याम्पियन हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी रियलका जुनियर भए। उनी नै शीर्ष गोलकर्ता समेत भए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : ४० बजे

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको