एनपीएल दोस्रो क्वालिफायर : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा « Khabarhub

एनपीएल दोस्रो क्वालिफायर : कर्णालीविरुद्ध जनकपुर फिल्डिङमा


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले फिल्डिङ रोजेपछि कर्णाली ब्याटिङमा उत्रिएको छ । दुवै टोली आजको खेलमा जित निकाल्दै उपाधि होडमा पुग्ने लक्ष्यमा छन् ।

आजको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । जनकपुरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध ८ विकेटको हार बेहोरेको थियो । जनकपुरलाई फाइनल पुग्न आजको खेल अवसर पनि हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।

कर्णाली इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : २७ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य