चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस्  « Khabarhub

चिसोमा हात खुट्टाका औँला सुन्निन्छन् ? यसो गर्नुहोस् 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ । जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिने चिकित्सकहरू बताउँछन्।

चिसोमा धेरै बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । यसलाई नेपालीमा चिसोले खाएको पनि भनिन्छ । वैज्ञानिक भाषामा भन्दा पेरनियुसेस भनिन्छ।

यसमा चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलीहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ ।चिकित्सकका अनुसार समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन्।

तपाईँको पनि यस्तै समस्या भएको छ भने यी उपायहरू अपनाउन सक्नु हुन्छ । 

-कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने

-पन्जा लगाएर बस्ने

-चिसो पानीको काम गरे पनि छ हात खुट्टा सेकाउने

-यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ त्यसैले टोपी लगाएर हिँड्ने

-चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन, यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ।

–  चिसोमा हात खुट्टाका औँलाहरू चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।

– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ। यति उपाय अपनाउँदा पनि औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : ०१ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२