संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख « Khabarhub

संघीयता कार्यान्वयनसँगै दिगो विकासमा राहत : सभामुख


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले मुलुकमा संघीयता कार्यान्वयनमा आएसँगै तीनै तहको सरकार दिगो विकासका लक्ष्य हासिल गर्न अगाडि बढिरहेको  बताएका छन् ।

नेपाल प्रशासनिक  प्रशिक्षण प्रतिष्ठान र गभरनेन्स ल्याबको संयुक्त आयोजनामा ‘प्रादेशिक एवं स्थानीय शासन सबलीकरण तथा समावेशी आर्थिक विकास विषयक’ समारोहको उद्घाटन गर्दै सभामुख घिमिरेले दिगो विकास साझा उद्देश्यका प्राप्ति तीनै तहको सरकार सबै क्षेत्र,लिंग,भाषा धर्म,संस्कृति अल्पसङ्ख्यक समुदाय समेटेर अगाडि बढिरहेको बताएका हुन् ।

सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएको केही मत भिन्नतालाई आगामी दिनमा संरचनागत,प्रक्रियागत र नीतिगत व्यवस्थामा सुधार गर्ने बताए ।

सङ्घीयता घोषणा भएको १० वर्ष पुग्नै लाग्दा आयोजना भएका यस्ता सम्मेलनले नेपालको सङ्घीयता कार्यान्वयनमा सुधार गरी अग्रगामी रणनीतिहरू तय गर्न थप सहयोग पुग्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे । संविधानलाई जीवन्त र समय सापेक्ष बनाइराख्न कानुनी प्रावधानबारे छलफल गर्न आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले सङ्घीयता लागु भएसँगै न्यायपालिको न्यायिक शक्ति पनि राज्यका तीनै तहमा बाँडफाँट भएको बताए । सङ्घीयताले समावेशितालाई राज्यका स्रोत साधन र पहुँचलाई तीन तहको सरकार पुन वितरणको प्रक्रियामा लान सहयोग पुगेको उनले धारणा व्यक्त गरे।

उनले सङ्घीयतामा समावेशिताको सकारात्मक पाटोले अहम् भूमिका खेलेको भन्दै राज्यका तीनै संरचना एकताबद्ध हुनुपर्ने बताए।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  २ : १२ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड