कन्टेनर चालकमाथि प्रहरी कुटपिट : छानबिन गरेर दोषीलाई कारबाही गर्न निर्देशन « Khabarhub

कन्टेनर चालकमाथि प्रहरी कुटपिट : छानबिन गरेर दोषीलाई कारबाही गर्न निर्देशन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा नेपाल प्रहरीले कन्टेनर चालकमाथी मंगलबार निर्घात कुटपिट गरेको छ ।

चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकलाई निर्घात कुटपिट गरेका हुन् ।

चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि यो विषय अहिले चर्चामा आएको छ ।

रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालको अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र प्रहरीबाट कुटिएका चालक रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ३ गत्लाङका श्रीमान तामाङलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

तामाङ रसुवागढी हुदै नेपाल–चीन सामाग्रि आयातनिर्यात गर्ने बा. ६ ख ४९२५ नं. को कन्टेनरका चालक हुन् ।

उक्त भिडियो ‘ओर्जिनल’ भए–नभएको र उक्त घटनामा देखिए अनुसारको दुब्यबहार के कति कारणले भएको हो त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई हदैसम्मको कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।

यसैगरी उक्त घटनामा संलग्न विषयमा निश्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी सन्तोष भण्डारीले बताए ।

उनले घटनाको सम्बन्धमा के भएको हो भनेर तथ्य बुझेर दोषीलाई कारबाही गर्न र प्रहरीको आचरण गलत देखिएमा संलग्नलाई कारबाही गर्न र मातहतमा पनि सुधार गर्न निर्देशन दिएको प्रजिअ भण्डारीले बताए ।

उक्त घटनाको यातायात क्षेत्रमा संलग्न पक्षहरुले चर्को बिरोध गरिरहेका छन भने प्रहरीको ब्यबहार प्रति सामाजिक सञ्जालमा पनि चर्को बिरोध भइरहेको छ । कन्टेनर चालकहरुले घटनाको बिरोधमा बुधबार रसुवामा चल्ने सवारी साधन बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ३९ बजे

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८