कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर « Khabarhub

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।

यससँगै जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमविरुद्ध भिडन्त पक्का गरेको छ । शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर प्रतिस्पर्धा गर्नेछन् ।

टस जितेर ११९ रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले संघर्षपूर्ण जित निकालेको हो । ब्याटिङ नचल्दा कर्णालीको एनपीएल यात्रा पनि टुंगिएको छ ।

जनकपुरका ओपनरसहित सुरुवाती क्रममा ब्याटर सस्तैमा आउट भए । १० ओभरमा खेल पुग्दा जनकपुरले ४ विकेट गुमाउँदै ४१ रनको नाजुक अवस्थामा थियो ।

जेम्स नीशमले जनकपुरकलाई उकासे । उनले १७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४५ रन जोडे । जनकपुरबाट सबैभन्दा बढी रन बनाउने उनै हुन् ।

जनकपुरलाई फाइनलमा पुर्‍याउन हर्श थाकरले १७, शेर मल्लले १६ मायन, यादवले १४ र आकाश त्रिपाठीले १३ रन जोडे ।

ओपनरद्वय आशिफ शेख र सुवास कंशाकारसहित अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । उनले जनकपुरका ओपनर सुवास कंशाकार, जेम्स नीशम र महोम्मद मोसिनको विकेट लिएका हुन् । सोमपाल कामी, विलियम बिसिस्टो, जिसान मकसूदले समान १–१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ४ : ०१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने