बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग  « Khabarhub

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको माग गरेका छन् । म्यानमारको क्रूर सैन्य तानाशाहद्वारा हाल थुनामा रहेकी सुकीलाई रिहा गर्न उनीहरूले आह्वान गरेका हुन ।

यसरी रिहाइको माग गर्नेमा विलियम हेग, सर माल्कम रिफकिन्ड र ज्याक स्ट्र रहेका छन् । उनीहरूले अपदस्थ नेता सुकीलाई गैर जिम्मेवार आरोप लगाएर जेल हालिएको उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार सुकी आफ्नो देशलाई लोकतान्त्रिक रूपमा नेतृत्व गर्ने मौकाको हकदार रहेकी छिन । २७ वर्षको लामो नजरबन्द सजाय भोगेकी उनी सरकारको नेतृत्वमा फर्केकी थिइन । तर, त्यहाँ भएको अप्रत्याशित सैन्य कु पछि पुनः उनी झन्डै चार वर्षदेखि नजरबन्दमा छिन् ।

७९ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सुकीमाथि रोहिंग्या मुस्लिम अल्पसङ्ख्यक माथि आफ्नो देशको चरम हिंसा गरेको आरोप रहेको छ । उनीहरूका बारेमा बोल्न अस्वीकार गरेपछि उनी विवादित हुन पुगेकी थिइन ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ५ : २८ बजे

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी