रवि लामिछानेको मुद्दामा सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश | Khabarhub Khabarhub

रवि लामिछानेको मुद्दामा सक्कल मिसिलसहितको प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेडौंडा– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको छ ।

मंगलबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको प्रवक्ता अमृत घिमिरेले खबरहबलाई जानकारी दिए ।

यस्तै, चितवन जिल्ला अदालतबाट सक्कल मिसिलसहितको प्रतिवेदन प्राप्त भएपछि पेशीको सूचना उच्च अदालत पाटको हेटौंडा इजलाशलाई दिइ पेश गर्न पनि आदेशमा भनिएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका प्रतिवादी लामिछाने र कँडेलको हकमा जिल्ला अदालत चितवनले क्रमश ५ लाख ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

जिल्ला अदालतको उक्त आदेश बेरितको भएको भन्दै रवि र कँडेलले मंगलबार उच्च अदालत पाटको हेटौंडा इजलाशमा पुनरावलोकन निवेदन दिएका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १२ : ४२ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक

प्रधानमन्त्रीलाई माओवादीले सोध्योः डेढ महिनासम्म भत्केका कार्यालय र निवासमा सरकार किन पुगेन?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको

ड्रोनबाट यस्तो देखियो झिलिमिली काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं – हिन्दूहरूको दोश्रो महान पर्व तिहार आए सँगै काठमाडौं

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली- लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी गरी