महुली लघुवित्तको एफपीओ आजदेखि खुला « Khabarhub

महुली लघुवित्तको एफपीओ आजदेखि खुला


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको फर्दर पब्किल इस्यू (एफपीओ) आजदेखि खुला भएको छ । संस्थाले सर्वसाधारण समूह अन्तर्गतको ४ करोड ७५ लाख ४४ हजार ९१९ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।

प्रतिकित्ता शेयर मूल्य १ सय रहेको संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता साधारण शेयर आज शुक्रबारदेखि सर्वसाधारणका लागि जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ । लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेर निष्कासन गरिएको उक्त शेयर छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गतेसम्म खरिद गर्न सकिने छ ।

गत आर्थिक वर्ष ०८०र८१ मा अपरिष्कृत विवरण अनुसार संस्थाको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा र प्रति शेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको छ । इक्रा नेपालले गरेको रेटिङबाट संस्थाले बीबी माइनस रेटिङ प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ११ : १७ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,