शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन « Khabarhub

शेखरले भने- सभापति देउवा दाइसमान, हामीबीच तिक्तता छैन


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तिक्तता नरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँग भेटघाट गर्न शुक्रबार कैलालीको धनगढी पुगेका कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नेतृत्वको टोलीसँगको छलफलका क्रममा देउवासँग आफ्नो कुनै तिक्तता नरहेको बताएको जिल्ला सचिव भीम भट्टले बताए ।

जिल्ला सचिव भट्टका अनुसार नेता कोइरालाले सभापति देउवासँगको सल्लाहमै सुदूरपश्चिमका नेता–कार्यकर्ता भेट्न धनगढी आएको पनि बताएका छन् ।

‘साथीहरूले शेखर दाइसँग अधिवेशन लगायत कुरा राख्नुभयो । उहाँले शेरबहादुर देउवा मेरो सभापति र नेता हो । मैले उहाँलाई दाइजस्तै मान्छु भन्नु भयो,’ जिल्ला सचिव भट्टले खबरहबलाई सुनाए, ‘मेरो र उहाँबीचमा केही त्यस्तो छैन । उहाँलाई भनेरै सुदूरपश्चिम आएको हुँ भन्नुभयो ।’

नेता–कार्यकर्तासँगको छलफलका क्रममा कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिको स्वाभाविक उम्मेदवार भएको पनि बताए ।

‘१५ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार हो । १४ औँ महाधिवेशनमा म सभापतिको उम्मेदवार भइसकेको र निकटतम् प्रतिद्वन्द्वी भएकाले स्वभाविक दाबेदार हो,’ भट्टले भने, ‘पार्टीलाई अब एक बनाएर लैजानुपर्छ भन्ने कुरा राख्नुभयो ।’

आशन्न १५ औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता कोइराला शुक्रबार सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।

उनलाई सुदूरपश्चिमका नेता–कार्यकर्ताले धनगढी बिमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ४७ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक