रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन « Khabarhub

रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन

छविलाल पक्राउ परेको आइतबार ९० दिन पुग्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले नयाँ प्रतिवादीविरुद्धको मुद्दा शुक्रबार पनि अदालतमा लगेन ।

गत कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रबनन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलाल जोशीसहितविरुद्धको मुद्दा अब आइतबार मात्रै अदातलमा पुग्ने भएको छ ।

रविका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी काठमाडौंबाट पक्राउ परेको आइतबार ९० दिन पुग्दैछ । अब सरकारी वकिलको कार्यालयले त्यही दिन मात्रै दुवैजनासहितका नयाँ प्रतिवादीको मुद्दा अदालतमा लाने भएको छ ।

कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले रवि लामिछानेसहितका प्रतिवादीको मुद्दा शुक्रबार अदालतमा आइनपुगेको जानकारी दिए ।

उनका अनुसार शुक्रबार सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई(जीबी) सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग मात्रै दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहितका नयाँ प्रतिवादीविरुद्ध अभियोग नल्याएको लामिछानेले जानकारी दिए ।

‘जीबी राईको हकमा मात्र सहकारीको दफा, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शु्द्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको पुरक अभियोग आएको छ’, उनले भने, ‘रवि लामिछानेसहित अन्य नयाँ प्रतिवादीहरूको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको छ।’

छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनी पक्राउ परेको मितिकै आधारमा आइतबार ९० औँ दिनमा रविविरुद्ध पनि मुद्दा अदालत पुग्नेछ । रवि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनी पक्राउ परेको पुस २ गते ६० दिन पूरा भएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : २१ बजे

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी