रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन | Khabarhub Khabarhub

रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन

छविलाल पक्राउ परेको आइतबार ९० दिन पुग्दै


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै बचत रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले नयाँ प्रतिवादीविरुद्धको मुद्दा शुक्रबार पनि अदालतमा लगेन ।

गत कात्तिक २ गते पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडियाका तत्कालीन प्रबनन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार छविलाल जोशीसहितविरुद्धको मुद्दा अब आइतबार मात्रै अदातलमा पुग्ने भएको छ ।

रविका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी काठमाडौंबाट पक्राउ परेको आइतबार ९० दिन पुग्दैछ । अब सरकारी वकिलको कार्यालयले त्यही दिन मात्रै दुवैजनासहितका नयाँ प्रतिवादीको मुद्दा अदालतमा लाने भएको छ ।

कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले रवि लामिछानेसहितका प्रतिवादीको मुद्दा शुक्रबार अदालतमा आइनपुगेको जानकारी दिए ।

उनका अनुसार शुक्रबार सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई(जीबी) सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग मात्रै दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहितका नयाँ प्रतिवादीविरुद्ध अभियोग नल्याएको लामिछानेले जानकारी दिए ।

‘जीबी राईको हकमा मात्र सहकारीको दफा, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शु्द्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको पुरक अभियोग आएको छ’, उनले भने, ‘रवि लामिछानेसहित अन्य नयाँ प्रतिवादीहरूको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको छ।’

छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । उनी पक्राउ परेको मितिकै आधारमा आइतबार ९० औँ दिनमा रविविरुद्ध पनि मुद्दा अदालत पुग्नेछ । रवि गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनी पक्राउ परेको पुस २ गते ६० दिन पूरा भएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : २१ बजे

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे

कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता

काठमाडौं–  कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

एजेन्सी– भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन

पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्।

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका