सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन « Khabarhub

सर्बियामा बीआरआई अन्तर्गत निमार्ण भएको पुल ढल्यो, भ्रष्टाचार भएको भन्दै प्रदर्शन


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि साडमा निर्माण गरिएको रेलवे स्टेशनसँग जोडिएको पुल ढलेको छ । जसका कारण स्थानीय नागरिक र विद्यार्थीहरूले जवाफदेहिताको माग गर्दै प्रदर्शन जारी राखेका छन्।

नोभेम्बर १ मा भएको यो दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। घटनापछि ६ हप्ताभन्दा बढी समयदेखि प्रदर्शनकारीहरूले सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुकिकको प्रशासनविरुद्ध सडकमा उत्रिएर भ्रष्टाचार र लापरवाहीको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले बेइजिङका चिनियाँ ठेकेदारहरूसँगको कारोबारमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, परियोजनाको गुणस्तरमा लापरवाही र ठेकेदारहरूलाई अनियमित ढंगले ठेक्का दिइएको कारण दुर्घटना भएको हो।

प्रदर्शनकारीहरूले दोषीलाई कारबाही र पीडितका परिवारलाई न्यायको सुनिश्चितताको माग गरेका छन्। उनीहरूले पुल निर्माणमा संलग्न सबै पक्षमाथि स्वतन्त्र अनुसन्धान हुनुपर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

यो घटना बीआरआई परियोजनाहरूको पारदर्शिता र विश्वसनीयतामाथि पुनः प्रश्न खडा गर्दै, स्थानीयस्तरमा तीव्र असन्तोष फैलाएको छ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १० : ०९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ