भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा « Khabarhub

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी कुवेतको राजधानी पुगेका हुन् ।

कुवेतका अमिर शेख मेशाल अल अहमद अल जबार अल सबाहको निमन्त्रणामा प्रधानमन्त्री मोदी कुवेत पुगेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार कुनै पनि भारतीय प्रधानमन्त्रीले कुवेतको भ्रमण गरेको ४३ वर्षमा यो पहिलो अवसर हो ।

यसअघि सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले कुवेतको भ्रमण गरेकी थिइन् । कुवेत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँ उच्चस्तरीय भेटवार्ता गर्नुका साथै भारतीय समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री मोदीले दुई मुलुकबीच पुस्तौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले दुई मुलुकबीच ऊर्जा र व्यापारिक सम्बन्ध मजबुत रहेको तथा शान्ति स्थिरता, सुरक्षा र समृद्धिजस्ता क्षेत्रमा समान धारणा रहेको जनाएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ८ : ०७ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६