साबिक विजेता सिटीको खराब प्रदर्शन जारी « Khabarhub

साबिक विजेता सिटीको खराब प्रदर्शन जारी


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीको खराब प्रदर्शन कायम रहेको छ। शनिबार राति भएको खेलमा अस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २-१ ले हरायो। भिल्लाका लागि जोहन डुरान र मोर्गन रोजर्सले गोल गरे। सिटीका लागि अन्तिम समयमा फिल फोडेनले गोल गरेका हुन्।

पछिल्ला १२ खेलमा सिटीले नौ पराजयको सामना गरेको छ। लगातार आठ अबे खेलमा सिटी विजयहीन भएको छ। पहिलो हाफमा नै इमा मार्टिनेजले फाडेनको प्रहरलाई रोकेर भिल्लाको संकट टारेका थिए।

अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई २-०, न्यु क्याशलले इप्सबिच टाउनलाई ४-० तथा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ ले हराए। ब्रिङटन र वेस्टहाम बीचको खेलमा १-१ गोलको बराबरी भयो।

प्रिमियर सिपको अंक तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १५ खेलमा ३६ अंक छ। दोस्रो स्थानमा रहेको चेल्सीको १६ खेलमा ३४ अंक छ। तेस्रो स्थानको आर्सनलको १७ खेलबाट ३३ अंक छ।

नटिङघम फरेस्टको १७ खेलमा ३१ तथा अस्टन भिल्लाको १७ खेलमा २८ अंक छ। १७ खेलमा २७ अंकसहित सिटी छैटौँ स्थानमा छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : २७ बजे

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा