सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ? « Khabarhub

सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘होस्टेल’को तेस्रो श्रृङ्खला ‘होस्टेल–३’को छायाङ्कन पूरा भएको छ । ४९ दिनमा गत शुक्रबार फिल्मको सम्पूर्ण छायाङ्कन पूरा भएको निर्देशक सशान कँडेलले जानकारी दिए ।

यस फिल्मको प्रदर्शन पूर्वनिर्धारित मितिमा भने नहुने भएको छ । यस फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको थियो ।

उक्त मितिमा अन्य फिल्म पनि प्रदर्शनमा आउन भएकाले निर्माण पक्षले अर्को उपयुक्त समयको खोज्दै गरेको बुझिएको छ ।

कँडेलका अनुसार अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम जारी छ । अबको केही दिनै नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा उनी छन् ।

यस फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी मुख्य भूमिकामा रहेको बताइएको छ ।

फिल्मको कथा कँडेलको हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । म्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुने यस फिल्मको निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

होस्टेलका विगतका श्रृङ्खलाबाट नेपाली फिल्मले नयाँ स्टार पाउँदै आएको छ । यस पटक पनि नयाँ स्टारको उदय हुने फिल्म क्षेत्रमा चर्चा छ ।

नायक अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ होस्टल श्रृङ्खलाबाटै फिल्ममा स्थापित भएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को