रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा | Khabarhub Khabarhub

रवि पत्नी निकिताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा अघि बढेको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी आरोपमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेसँगै पत्नी निकितालाई पनि प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दर्ता गराएको हो ।

पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको हो । उनको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजन शीर्षकमा निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

यस प्रयोजनका लागि निकितासहित पद्‌मा बञ्जाडे, रोचक जोशी, राधा पछाई र मीना पछाईलाई प्रतिवादी बनाइएको हो । उनीहरूको हकमा अदालतबाट कानुन बमोजिम हुने गरी मुद्दा अघि बढाइएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।

रवि, छविलाल जोशी र गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबीसहित मुद्दा चलाइएको हो ।

सहकारी ठगीमै मुछिएका अन्य प्रतिवादीहरू लीला पछाई र विश्वविक्रम राईविरुद्ध नेपालमा अवैध रहेको क्रिप्टो कारोबारअन्तर्गत अर्को मुद्दा पनि चलाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : २७ बजे

दिक्तेलमा कोशीको पूर्वाधार विकास कार्यालय

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक