निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ « Khabarhub

निकिताका सहकारी पार्टनर भरत जंगम पक्राउ


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित साई स्वागत सहकारी संस्थाको बचत रकम अपचलनबारे छानबिनका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइबार पक्राउ गरेको हो ।

साई स्वागत सहकारीका पूर्वअध्यक्ष जंगमलाई पक्राउ गरिएको पुष्टि काठमाडौं प्रहरीका एसपी एवम्प प्रवक्ता नवराज अधिकारीले गरेका छन् ।

उक्त सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल पनि कार्यकारी पदमा थिइन् । निकिता उक्त सहकारीको पूर्वउपाध्यक्ष थिइन् ।

जंगममाथि आइतबारदेखि नै अनुसन्धान अगाडि बढाइएको अधिकारीले खबरहबलाई बताए ।

हिनामिनापछि तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीलाई सञ्चालक समिति बनाएर उक्त सहकारीबाट निस्किएका थिए ।

सञ्चारकर्ममा रहँदा रविले भरत जंगम अध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

उनले चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलसँग विवाहको छेकोमा सहकारीबाट ५० लाख रुपैयाँ ऋण लिएको बताइएको थियो । रवि लामिछाने र निकिता पौडेलले ०७५ माघ ७ मा अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए । त्यसपछि नगरकोटमा पार्टी दिइएको थियो ।

अदालती विवाह गरेको चार महिनापछि अर्थात् जेठ ३ गते उनीहरूले नगरकोटको सुविधा सम्पन्न एक होटलमा उनीहरूले औपचारिक रूपमा विवाह गरेका थिए ।

उनीहरूको विवाह समारोहमा भव्य भोज आयोजना गरिएको थियो । साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिएको ऋणबाटै रवि–निकिताले नगरकोटको सुविधा सम्पन्न होटलमा विवाहमा भोज आयोजना गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ०९ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण