मिडिया एक्सन नेपालको स्थापना दिवस, प्रदेश संयोजकहरू सम्मानित | Khabarhub Khabarhub

मिडिया एक्सन नेपालको स्थापना दिवस, प्रदेश संयोजकहरू सम्मानित


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतासहित आफ्नो नवौँ स्थापना दिवस मनाएको छ । मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्दै आएको संस्था मिडिया एक्सन नेपालले शनिबार नवौँ स्थापना दिवस तथा तेस्रो अधिवेशन समेत सम्पन्न गरेको हो ।

तेस्रो अधिवेशनबाट ४ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । प्रियंका झा मिडिया एक्सन नेपालको कार्य समिति अध्यक्षको रुपमा सर्वसम्मत निर्वाचित भएकी छिन् । संस्थापक अध्यक्ष लक्ष्मणदत्त पन्तलाई नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले स्वतन्त्र सञ्चारमाध्यमले सामना गरिरहेका बढ्दो चुनौतीहरूको समाधानका लागि तत्काल कदम चाल्न आवश्यक भएको बताए ।

उनले पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न ढिलाइ भएमा सञ्चारमाध्यमको निगरानी भूमिका कमजोर हुनसक्ने चेतावनी दिए।

यसैगरी नव निर्वाचित अध्यक्ष प्रियंका झाले मिडिया एक्सन नेपालको भावी योजनाप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै स्वतन्त्र सञ्चारमाध्यमको संरक्षण र जबाफदेहिता प्रवर्द्धन गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा प्रदेश संयोजकहरू सम्मानित भएका थिए । मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता र सञ्चार विकासका पहलहरूमा उल्लेखनीय योगदान पुर्‍याएका तीन प्रदेश संयोजकहरूलाई पुरस्कृत  गरेको हो । पुरस्कृत  संयोजकहरूमा  मधेश प्रदेशका हदीस खुद्दार, कोशी प्रदेशका नरेन्द्र ढकाल र कर्णाली प्रदेशका ललितबहादुर बुढा छन्।

यसैगरी स्थापऩा   दिवसकै अवसर पारेर डिजिटल युगमा  स्वतन्त्र पत्रकारिताका चुनौतीहरू तथा डिजिटल दुष्प्रचारको रोकथाम विषयमा प्यानल छलफल समेत चलाएको थियो । छलफलमा वरिष्ठ पत्रकार नम्रता शर्माले पत्रकार दलीय  प्रभावबाट जबसम्म बाहिर निस्कन सक्दैनन् तब सम्म निष्पक्ष समाचार सामाग्री आउन नसक्ने धारणा व्यक्त  गरिन ।

यसै गरी  त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक घमराज लुइँटेलले प्रविधिको विकाससँगै आमसञ्चार माध्यममा समेत एआई प्रविधि आइसकेको भन्दै एआईले पनि सही सत्य तथा सही सूचना प्रवाहमा चुक्न सक्नेमा चनाखो हुनुपर्नेमा जोड दिए ।

छलफलमा द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल, हिमाल प्रेसका सम्पादक चन्द्रशेखर अधिकारी, डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल लगायतका वक्ताहरूले  सञ्चार क्षेत्रप्रति आम नागरिकमा विश्वास जगाउन यस क्षेत्रमा देखिएका कमजोरीसच्याउन आवश्यक रहेको तथा मिडियालाई परिपक्व बनाउन पत्रकार आफै  जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ८ : ०६ बजे

सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद

काठमाडौं – सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ९७ किलो

पूर्वप्रधानमन्त्री भट्टराईको जन्मजयन्ती : बालुवाटारबाट छाता लिएर डेरामा फर्किएको सम्झना

काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती

कोरियन वन बढ्दा डलर स्थिरः सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल पुस ८ गते सोमबार तदनुसार

आज २०८१ साल पुस ८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ८ गते सोमबार तदनुसार