एम्बाप्पेको सानदार गोलमा रियलको जित « Khabarhub

एम्बाप्पेको सानदार गोलमा रियलको जित


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ ले हराएको छ। केलिएन एम्बाप्पे र फ्रेड्रिको भाल्भार्डेले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। यसैगरी राड्रिगोले पनि पहिलो हाफमा नै गोल गरे। दोस्रो हाफमा रियलका लागि ब्राहिम डियाजले गोल गरे।

सेभियाका कप्तान ३९ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गर्दा सबै जना भावुक भएका थिए। क्लबमा २० वर्ष बिताएका उनको त्यो अन्तिम खेल थियो। खेलमा १० औं मिनेटमा एम्बाप्पेले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको हो। त्यसको १० मिनेट पछि भाल्भार्डेले ३० यार्डबाट अर्को गोल गरे।

रोड्रिगोले ३४ औंं मिनेटमा गोल गरे। त्यसको लगत्तै इराक रोमेरोले घरेलु टोली सेभियाका लागि गोल गरेका थिए। दोस्रो हाफको ८ औं मिनेटमा एम्बाप्पेले उपलब्ध गराएको बललाई ब्राहिम डियाजले आकर्षक ढङ्गले गोलमा परिणत गरेका थिए। सोही गोलपछि नाभास मैदानमा उपस्थित भएका थिए।

फुटबलमा इतिहासमा युरोपेली च्याम्पियनसिप, विश्वकप र युइइएफ नेसन लिग जित्ने एक्लो खेलाडीको रूपमा कीर्तिमान कायम गरेका नाभासले २० वर्ष अघि म्याड्रिडकै मैदानमा सेभियाका लागि डेब्यु गरेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा डोडी लुके बाइकोले सेभियाका लागि अर्को गोल गरे।

जितपछि एक खेल कम खेलेको रियलले एट्लेटिको म्याड्रिडलाई पछि पार्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लेको छ। १८ खेल खेलेका एट्लेटिको म्याड्रिडको ४१ तथा रियल म्याड्रिडको ४० अङ्क छ। १९ खेल खेलेको बार्सिलोना ३८ अङ्कसहित तेस्रो स्थानमा छ।

आइतबार भएका अन्य खेलमा भिल्लारियलले लेगानेसलाई ५-२ ले तथा लास पल्मासले इस्पानियोललाई १-० ले हराए। यसैगरी, भ्यालेन्सिया र डेपोर्टिभो ला असभासको खेलमा २-२ तथा रियल बेटिस र रायो भल्कानो बिचको खेलमा १-१ गोलको बराबरी भयो।

यो पनि पढ्नुहोस्

फुटबलमा उदाएका ब्राजिलियन जुनियर : जो ५० किलोमिटर बस चढेर प्रशिक्षणमा पुग्थे

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : २५ बजे

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा

राजा चार्ल्सको सम्बोधनमा स्टार्मरको परीक्षा

एजेन्सी– बेलायतका राजा चार्ल्स तृतीयले आगामी वर्षका लागि सरकारको कानूनी

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो