टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल « Khabarhub

टोटनहामको पोस्टमा लिभरपुलको ६ गोल


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटनहाम हटस्पर्स र लिभरपुलको इङ्लिस प्रिमियर सिपको खेलमा गोलको वर्षा भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल ६-३ ले विजयी भएको हो। जित सहित लिभरपुलले अङ्क तालिकाका ४ अङ्कको अग्रता लिएको छ।

२३ औं मिनेटमा लुकास डियाजको गोलमा अग्रता लिएको लिभरपुलका लागि १३ मिनेटपछि एलिक्स म्याक एलिस्टरले गोल गरे। मध्यान्तर अघि जेम्स मेडिसनले गोल गर्दै टोटनहामको आशा जगाएका थिए। मेडिसनको सो गोल सिजनको आठौँ व्यक्तिगत गोल समेत हो। त्यसको लगत्तै मोहम्मद सलाहको पासमा डोमिनिक जोबोस्लाईले गोल गरे।

५४ औं मिनेटमा सलाहले गोल गरे। उनको सो गोल लिभरपुलका २२८ औं गोल हो। लिभरपुलका लागि सबै भन्दा बढी गोल गर्ने खेलाडीको रूपमा उनी बिली बिडेलसँग बराबरी गर्न सफल भए। त्यसको लगत्तै अर्को गोल गरेर उनी इतिहास कायम गर्न सफल भएका हुन्।

खेल सकिन १८ मिनेट बाँकी रहँदा डेजान कुलेक्सीले टोटनहामका लागि अर्को गोल गरे। डोमिनिक सोलान्केले अर्को गोल गरे। डियाजले अन्तिम समयमा लिभरपुलको छैटौँ गोल गरे। विजयी लिभरपुल १६ खेलमा ३९ अङ्कसहित शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको चेल्सीको १७ खेलमा ३५ अङ्क छ। एभरटन र चेल्सीबीच आइतबार राति भएको खेलमा गोलरहित बराबरी भयो। फुलहाम र साउथहाम्टन बिचको खेलमा पनि गोलरहित बराबरी भयो। उल्भ्सले लिसेस्टर सिटी तथा बोर्न माउथले म्यानचेस्टर युनाइटेडलाई ३-०ले हराए।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ३७ बजे

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने

बाजुरामा भूकम्पको धक्का

काठमाडौं- बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार साँझ ६

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं– सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ। सोमबार

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं – स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने