यातायात व्यवसायी र विभागबीचको बैठक निष्कर्षविहिन « Khabarhub

यातायात व्यवसायी र विभागबीचको बैठक निष्कर्षविहिन


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खोल्ने तयारीबारे यातायात व्यवस्था विभागमा यातायात व्यवसायीसँग बसेको बैठक बिनानिष्कर्ष भएको छ ।

यातायात व्यवसायी र विभाग प्रतिनिधिबीच विभागमा करिब डेढ घन्टा भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

प्ररम्भिक चरणको छलफल भएकाले टिकट खोल्नेबारे अहिले नै निष्कर्ष ननिस्किएको विभागले बताएको छ । यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले व्यवसायीबीच बैठक बसेपछि विभागसँग आगामी हप्ता छलफल गर्ने बताएको छ ।

“आज बसेको बैठक यो वर्षको दशैंको टिकट खोल्ने विषयमा पहिलो पटक बसेको हो । बैंकले ब्याज बढाएको र यातायात समितिहरु खारेज भएको अवस्थामा व्यवसायीले बसमा लगानी नगरेका कारण बसको संख्या अरु वर्षभन्दा कम छ,” महासंघका महासचिव सरोज सिटौलाले भने, “भएका गाडीहरु सहरी र ग्रामीण सडकमा सञ्चालन गर्न सडकको अवस्थाका कारण समस्या छ । सडक मर्मत गरी गाडी चल्न सहज बनाइदिन विभागसँग हाम्रो अनुरोध छ ।”

संघ, समिति खारेज भएपछि गएका वर्षहरुमा भन्दा यसवर्ष दसैंमा लामो रुटमा चल्ने सार्वजनिक सवारीको संख्यामा कमी आउने महासंघले बताएको छ । “दशैंमा काठमाडौंदेखि जाँदा यात्रु हुने र फर्किंदा सिट क्षमताका यात्रु पाइँदैन । यस्तोबेला व्यवसायी आफैंले इन्धनको व्यवस्था गर्नुपर्छ । संघ, समिति हुँदा उनीहरुले नै सबै व्यवस्था गर्थे । बस संख्या पनि कम रहेकाले व्यवस्थापन गर्न कठिन हुने देखिन्छ,” सिटौलाले भने ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ४ : २२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य